बिहिबार, चैत्र १५, २०८०

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद् विघटनको निर्णय

२०७८ साल वैशाख १७ गते पहिलो चरण र वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन

काठमाडौं पुस ५,
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटनको निर्णय गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९१० र ९७० तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचनको मिति समेत तय भएको उल्ल्ेख गरिएकोछ ।

यसअघि प्रधानमन्त्री केपी ओलीले आज बसेको मन्त्रीपरिषदको बैठकमा मन्त्रीत्रय घनश्याम भुषाल, योगेश भट्टराई र वर्षमान पुनको असहमतिका वाजुद संसद विघटनको निर्णय गर्दै संसद विघटनको राष्ट्रपति सम क्ष सिफारिस गरेको हो ।