मङ्लबार, बैशाख ४, २०८१

उपत्यकाका २८७ सहित देशभर थप ७ सय ८२ जनामा कोभिड संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं पुस ३ ,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोग शालामा ५ हजार ७०६ जनाको पीसीआर परिक्षण गर्दा काठमाडौ उपत्यकामा २८७ सहित देशभर थप ७ सय ८२ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल कोभिड संक्रमितको सख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।

त्यस्तै यसवीचमा थप १ हजार २९ जना कोभिड संक्रमित उपचार पछि डिस्चार्जभएसंगै  कुल डिस्चार्ज हुने कोभिड संक्रमितको सख्या २ लाख ४१ हजार ३९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनसार आज पहिचान भएका सक्रमित मध्ये काठमाडौमा २०२, ललितपुरमा ७६ र भक्तपुरका ९ जना रहेको जनाउदै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको मन्त्रालयले जानकारी दिएकोछ । यसवीचमा कोभिड संक्रमणका कारण थप थप १६ जनाको मृत्युभएसंगै संक्रमणबाट निधन हुनेको संख्या १ हजार ७ सय ६५ पुगेको अवस्था रहेको छ ।