शनिबार, बैशाख ८, २०८१

नबोली नबोलीको सफलता पछि “लाइदेउ माया “ सार्वजनिक

काठमाडौं पुस १,
चर्चित गाएक प्रबिण बेडवाल तथा गायीका समिक्षा अधिकारीको सुमधुर आवाजमा “लाइदेउ माया “करुणा कंडेलको निर्माण रहेको म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यू -टुब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ १ गणेश उप्रेती शब्द पुरुषोत्तम न्यौपानेको संगीत सम्योजन रहेको  प्रस्तुत म्युजिक भिडियोमा कलाकार दोय सागर लम्साल ’बले ’ र गरिमा शर्मा संगै गीतकार गणेश उप्रेतीको समेत अभिनय रहेको
छ ।
त्यस्तै म्युजिक भिडिओको निर्देशन र सम्पादन शक्ती प्रजोल घिमिरे गर्नु भएको छ भने कथा तथा कोरियोग्राफी प्रबिन थापा र छायांकनमा नमराज घिमिरेको रहेको छ । पहिलो पटक सागर लम्साल “बले” र गरिमा शर्मा प्रस्तुत गीत मार्फत पहिलोपटक प्रेम जोडीको भूमिकामा देखिएको छ । यसअघि गीतकार उप्रेतीको “लगन जुरेर ”गीत सार्वजनिक भाईसकेका छन ।