बिहिबार, बैशाख १३, २०८१

नेकपा स्थायी समिति: अर्को बैठक पुस ५ गते, १० गते केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं पुस १,
सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र मौलाउदै आएको विवाद पार्टी अध्यक्षद्दयवीच भएको सहमति संगै तत्कालका लागि मथ्थर भएको छ । यसअघि अध्यक्ष ‘प्रचण्ड’ले गत कात्तिक २८ गते सचिवालय बैठमा पेश गर्नुभएको प्रस्ताव फिर्ता लिनुहुने र प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले मंगलबार जारी भएको संवैधानिक परिषद संशोधन अध्यादेश फिर्ता लिने सहमति संगै शुरु भएको स्थायी समितिको बैठकले थप सहमति गरेको छ

बैठकको निर्णयको जानकारी दिदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकले पुस ५ गते स्थायी सिितको अर्को बैठक बस्ने र यसअघि पुस ५ गते बस्ने भनिएको पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठक पुस १० गते सार्ने निर्णय भएको जाकारीदिनभयो ।

त्यस्तै उहाँले बैठकले संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने निर्णय संगै सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ‘संवैधानिक परिषद् [काम, कर्तव्य, अधिकार र कार्यविधि] सम्बन्धी संशोधन अध्यादेश फिर्ता लिने र सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने, संवैधानिक नियुक्तहरु सहमतिमा टुङ्ग्याउने ,बैठकमा पेश भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल गर्ने लगायतका निर्णय भएको जाकारीदिनुभयो ।