शनिबार, बैशाख ८, २०८१

श्रमजीवी पत्रकार सुरक्षाको मार्गनिर्देशन मस्यौदामा सरोकारवालावीच प्रारम्भिक छलफल

 काठमाडौं पुस १,
नेपाल पत्रकार महासंघ डिजिटल मिडिया समितिले सञ्चारप्रतिष्ठानहरुमा श्रमजीवी पत्रकार सुरक्षाका लागि तयार गरिएका सुरक्षा मार्गनिर्देशन मस्यौदामा छलफल कार्यक्रमको आयोजन गरेको छ ।

कार्यक्रममा महासंघका सचिव प्रकाश थापाले पत्रकारको भौतिक, मानसिक, कानूनी, पेशागत तथा लैंगिक सुरक्षा सुनिश्चित गर्न पत्रकार सुरक्षा मार्गनिर्देशन आवश्यक भएको बताउनुभयो ।   महासंघका केन्द्रीय सदस्य एवम डिजिटल समितिका संयोजक लेखनाथ न्यौपानेले पत्रकार सुरक्षासंगै डिजिटल सुरक्षा पनि पछिल्लो समय अनिवार्य भएको बताउनुभयो ।

अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालले पत्रकार संगै डिजिटल मिडिया सुरक्षाका चुनौती दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो ।  महासंघका पूर्व सचिव ध्रव लम्साल, लोकतान्त्रीक छापामाध्यमका अध्यक्ष दामोदर दवाडी, अनलाई पत्रकार संघका पूर्व अध्यक्ष प्रवेश सुवेदी, महासंघ ललितपुर शाआ अध्यक्ष ज्ञानप्रसाद पौडेल लगायले प्रारम्भिक मस्यौदामाथि सुझाव दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930