शुक्रबार, चैत्र १६, २०८०

पत्रकारिता क्षेत्रमा रहेका समस्या समाधान गर्न मन्त्रालय तयार: मन्त्री गुरुङ

काठमाडौं पुस १,
सूचना तथा सञ्चार प्रविधि मन्त्री गुरुङले पत्रकारिता क्षेत्रमा रहेका समस्या समाधान गर्न मन्त्रालय तयार रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघले सञ्चार क्षेत्रमा रहेका नितिगत समस्या तथा पत्रकारले भोगिरहेका समस्याका बारेमा अवगत गराउन आज आयोजित अन्र्तक्रिया लाइ सम्बोधन गर्दै मन्त्री गुरुङले यसते अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै मन्त्री गुरुङले क्षेत्रसंग सम्बन्धित निति निर्माण गर्दा नेपाल पत्रकार महासंघ लगायत सरोकारवालासंग छलफल पछि प्राप्त हुने ुझावका आधारमा निर्माण गरिने बताउँदै मन्त्रालयलले पत्रकार दुर्घटना बीमा, जेष्ठ पत्रकार सम्मान वृत्ति लगायत श्रमजीवी पत्रकारको हितमा कार्यारम्भ गर्न लागेको जानकारी समेत दिनु भएको छ।

अन्र्तक्रिया कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको पृष्ठभूमिबारे मन्त्री गुरुङलाई संक्षिप्त जानकारी गराउँदै मुलुकका तिनै तहका सरकारबाट बन्ने सञ्चार सम्बन्धी ऐन, कानुन प्रेस मैत्री बनाउन ध्यानाकर्षण समेत गराउनुभयो । साथै उहाँले कोभिड महामारीका कारण पत्रकारिता क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न, पत्रकार दुर्घटना बीमालाई स्वास्थ्य बीमामा रुपान्तरण गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै प्रेस काउिन्सलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले कोभिड बाट प्रभावित थोरै संख्यामा भएपनि पत्रकारलाई विभिन्न शिर्षक मार्फत राहत दिन लागेको जानकारीदिनु भएको उक्त कार्यक्रममा महासंघका सल्लाहकार तिर्थ कोइरालाले सञ्चार क्षेत्रमा लगानी पारदर्र्शी हुनुपर्ने भन्दै सञ्चारमाध्यम स्थापना हुदै कम्तिमा दुई बर्षसम्म चल्ने आर्थिक सुनिश्चितता ग्यारेन्टीको बातावरण बनाउन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै प्रेस संगठनका संयोजक महेश्वर दाहालले कोभिड १९को बहानामा श्रमजीवी पत्रकार र कर्मचारीलाई तलब नदिने, सञ्चारगृहबाट निष्काशन गर्ने कार्य भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो । त्यस्तै नेपाल प्रेस यूनियनका उपाध्यक्ष इश्वरीप्रसाद ओझाले जिल्ला हुलाकमार्फत केन्द्रबाट दिइदै आएको पत्रकारिता क्षेत्रको सबै सेवाहरु विस्तार गर्नुपर्ने बताउँदे सञ्चार सम्बन्धी कानून बनाउदा सरोकारवालाको छलफलगरि निर्माण गर्न आग्रह गर्नुभयो ।

सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डित,आदिबासी जनजाति पत्रकार महासंघका महासचिव मनोज घती मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह र वरिष्ठ पत्रकार हरि लम्साल लगायतले आआफ्नो धारणा अभिव्यक्त गनुभएको थियो ।