शुक्रबार, बैशाख ७, २०८१

उपत्यकाका ३९१ सहित देशभर थप ७ सय ३६ जनामा कोभिड संक्रमण ,१३ जनाको निधन

काठमाडौं पुस १ ,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोग शालामा ५ हजार ५५५ जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौ उपत्यकामा ३९१ सहित देशभर थप ७ सय ३६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । त्यस्तै कुल संक्रमित मध्ये सक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको स्वास्थ्य  मन्त्रालयले जनाएको छ ।

त्यस्ते देशभरबाट थप ८ सय ४७ जना संक्रमित संक्रमणमुक्त भएसंगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ भने  संक्रमणबाट थप १३ जनाको निधन भएको छ । योसंगै नेपालमा संक्रमणबाट निधन हुनेको संख्या १ हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालयका अनुसार काठमाडौ उपत्यका अन्र्तगत काठमाडौमा २९४, ललितपुरमा ७७, र भक्तपुरका २० जनामा कोभिड पोजेटिभ देखिएको जानकारी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930