बिहिबार, चैत्र १५, २०८०

संवैधानिक परिषद बैठक: ठोस निर्णय कुनै नभएको भन्दै भएको निर्णय सवै गोप्य

फोटो:  साभार गोरखापत्र अनलाइन  

काठमाडौं मंसिर ३०,
सवैधानिक परिषदको बैठक सकिएको छ । मंगलबार अपरान्ह बसेको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकायमा रिक्त प्रमुख र सदस्य गरी ४५ पदका लागि नियुक्तिका विषयमा छलफल भएपनि ठोस निर्णय कुनै नभएको जानकारी दिईएको छ । बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्ति गर्ने निर्णय गरेपनि भए गरेका सवै सवै निर्णय विवरण गोप्य राखिएको स्रोतले जनाएको छ ।

अध्यादेशको सवालमा राजनैतिक दलबाट केकस्तो प्रतिक्रिया आउँछ सोको प्रकृति हेरेर आज भएका निर्णय सार्वजकि गर्ने र तत्काललाइ कुनै ठोस निर्णय नभएको जानकारी सार्वजनिक गर्ने रणनितिक योजना अनुरुप बैठकको निर्णय सार्वजनिक नगरिएको स्रोतको दावी रहेको छ ।

सवैधानिक परिषदको मौजुदा संरचनामा परिवर्तनका लागि सवैधानिक परिषद बैठक अघि परिषदको काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको थियो ।

अध्यादेश जारी भएसंगै बसेको साँझको परिषद बैठकमा प्रधानमन्त्री केपी ओलीसहित ३ जना क्रमस प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सहभागिता थियो । प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटा भने बैडकमा अनुपस्थित रहनुभएको थियो । फोटो:  साभार गोरखापत्र अनलाइन