बिहिबार, बैशाख १३, २०८१

उपत्यकाका थप ४३८ सहित थप ९३६ जनामा कोभिड संक्रमण, १४को निधन

काठमाडौ मंसिर ३० ,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ११७ जनाको पीसीआर परिक्षणको क्रममा थप ९ सय ३६ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज थप १ हजार ९ सय ९६ जना कोभिड संक्रमित उपचार पछि डिस्चार्जभएसंगै संक्रमणमुक्त हुनेको सख्या २ लाख ३८हजार ५६९ पुगेको जानकारी दिदै मन्त्रालयले संक्रमणबाट थप १४ जनाको निधन भएको जनाएकोछ । योसंगै संक्रमणबाट निधन हुनेको संख्या १ हजार ७ सय ३० पुगेको छ ।

त्यस्तै आज पहिचान भएका कोभिड संक्रमित मध्ये काठमाडौँ उपत्यकामा थप ४३८ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार थपिएका संक्रमित मध्ये काठमाडौमा ३१० ललितपुरमा ८६ र भक्तपुरका ४२ जना रहेको जानकारीदिएको छ । साथै कोभिड अस्पतालका आइसीयूमा ३२१ र भेन्टीलेटरमा ४८ जनाको उपचार भइरहेको जानकारी दिएको छ ।