शनिबार, बैशाख ८, २०८१

भ्रष्टाचारमा संलग्नहरुलाई प्रधानमन्त्री ओलीलेनै संरक्षण गरेको नेता थापाको आरोप

काठमाडौं मंसिर २९,
नेपाली कांग्रेसका नेता गगन थापाले भ्रष्टाचारमा संलग्नहरुलाई प्रधानमन्त्री केपी ओलीले नै संरक्षण गरेको आरोप लगाएका छन् । कैलालीमा सोमबार आयोजित विरोध सभालाइ सम्बोधन गर्दै नेता थापाले ओली सरकार इतिहासकै भ्रष्ट भएको मात्र बताएन ‘बालुवाटारको चार आना जग्गा छोराको नाममा राख्ने मान्छे अर्थमन्त्रीको कुर्सीमा बिराजमान भएको पनि बताए ।

उनले अघि भने, ‘निर्मला पन्तदेखि निर्जला चौधरीको बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा अडप्ने अर्थमन्त्री अनि स्वास्थ्य सामग्री खरिदमा कमिसन खाने प्रधानमन्त्रीको सबैभन्दा विषेश मन्त्री भएको सरकार छ ।

यो सबै प्रधानमन्त्रीको इच्छा बमोजिम चलेको छ भन्दा गलत नहुने उनको दाबी छ । ‘नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना भएको छैन’ कांग्रेस नेता थापाले भने, भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन । बालुवाटार र सिंहदरबार गए पुग्ने दावी समेत प्रस्तुत गर्नु भएकोछ ।

त्यस्तै नेता थापाले सम्बोधनको क्रममा राष्ट्रपतिप्रति कटाक्ष थर्दै भने ‘श्री ५ बढामहारानी बन्न खोज्नु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भन्न चाहन्छु राष्ट्रपति महोदय आँखा नचम्काइ बक्स्योस, हात नलम्काई बक्स्योस, काठमाडौंमा चुनाव लड्न आइवबक्यस्योस  भन्दै कांग्रेसले राजालाई पनि फालेकाले राष्ट्रपति  फाल्नु कुनै ठूलो विषय नभएको समेत बताउनुभएको छ ।