शुक्रबार, बैशाख १४, २०८१

सरकार विरुद्ध काँग्रेसको देशैभर विरोध जुलुस, राजधानीको शान्तिबाटिकामा काँगेसजनको भिड

ओली सरकार भ्रष्टाचारको मतियारमात्र नभएर नालायकको प्रतिविम्व: वरिष्ठ नेता पौडेल

काठमाडौं मंसिर २९,
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर विरोध जुलुस सहित समेत प्रदर्शन गरेको छ ।

यसैक्रममा काठमाडौं काँगेसको अगुवाइमा राजधानीमा भएको काँग्रसको सरकार विरोधी प्रदर्शन राजधानीको पद्मोदयमोड, पुतलीसडक, लैनचौर, बसन्तपुर र शहिदगेट लगायतका फरक फरक स्थानबाट निस्केको जुलुस शान्तिबाटिकामा एकाकार हुने क्रमले तिव्रता पाएको छ ।  त्यसलगत्तै शान्तिवाटिकाबाट पुन जुलुसले  बागबजार, पुतलीसडक, कमलादी, गणेशस्थान घण्टाघर हुँदै पुन शान्तिबाटिकामा पुगेर विरोधसभामा परिणत भएको थियो ।

शान्तिवाटीकाको विरोध सभालाइ वरिष्ठ नेता रामचन्द्र पौडलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यो समाचार तयार पार्दै गर्दाको अवस्था सम्ममा विरोध सभा शुरु भइनसकेका कारण सो सम्बन्धी समाचार अर्को समाचारमा प्रस्तुत गर्नेछौं । यद्यपी राजधानीको विभिन्न् क्षत्रबाट निस्केको विरोध जुलुसका कारण अहिले राजधानीका सवारी थप्प भएको हाम्रा सहकर्मीले जनाएको छ ।

अपडेट :
राजधानीको शान्तिवाटिकामा आयोजित विरोध सभालाइ सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबिसकेको कारण सरकार भ्रष्टाचारको मतियारमात्र नभएर नालायकको प्रतिविम्व भएको बताउनुभएको छ । पछिल्लो समय अख्तियार दुरुपयोग देखि माफियाको संरक्षक समेत रहेका ओली सरकार बाट जनता निराश मात्रै नभई आजित भइसकेको बताउनुभयो ।

त्यस्तै विरोध सभामा पार्टी केन्द्रीय सदस्य नवीन्द्रराज जोशी ,पार्टी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौला सांसद भीमसेनदास प्रधान सांसद राजेन्द्रकुमार केसी लगायतका वक्ताले वोल्नु भएको थियो ।