शुक्रबार, बैशाख ७, २०८१

उपत्यकामा थप ३३३ सहित देशभर ८ सय २१ जनामा कोभिड संक्रमण, थप १८ को मृत्यु

काठमाडौं मंसिर २९,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ४२३ जनाको पीसीआर परिक्षणको क्रममा थप ८ सय २१ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ भने कुल संक्रमित मध्ये आज ८४२ जना संक्रमणमुक्त हुँदै डिस्चार्जभएसंगै डिस्चार्ज हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसंगै संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १७१६ जना पुगेको छ भने आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा थप ३३३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यसमध्ये काठमाडौमा २४६, ललितपुरमा ५३ र भक्तपुरका ३४ जना रहेको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930