शनिबार, बैशाख ८, २०८१

कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन सहित सरकारविरुद्ध आन्दोलनको संखघोष गर्दै

काठमाडौं मंसिर २९,
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार संगै पछिल्ले समय मुलुकमा बढ्दो भ्रष्टाचार र कोभिड नियन्त्रणमा सरकारको असफलता लगायतका विविध विकृति विरुद्ध कांग्रेसले सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसको तर्फबाट देशभर हुन गइरहेको आजको विरोध प्रदर्शनलाई सम्बोधन गर्न कांग्रेसका केन्द्रीय नेताहरु विभिन्न जिल्ला जिल्ला पुगेका छन् ।यसक्रममा पार्टी सभापति देउवा हेटौडा पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्नेछन् । त्यस्तै उपसभापति बिमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा। शशांक कोइराला मोरङ, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषामा सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेसले जनाएकोछ । त्यस्तै सम्बोधनका लागि पूर्वसहमहामन्त्री डा. रामशरण महत चितवन, अर्जुननरसिंह केसी कास्की, चित्रलेखा यादव सप्तरी र सहमहामन्त्री सुनीलबहादुर थापा धनकुटा पुगिसकेका छन् ।

यसैवीच कांग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै बढ्दो कोभिड संक्रमण जोखिमका कारण हुन गइरहेको  आजको प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्न र गराउन आग्रह गर्नुको अलावा जिम्मेवार प्रतिपक्षीको भूमिका निभाउँदै संसद र सडकबाट सशक्त ढंगले सरकार विरुद्ध प्रदर्शन गर्न आग्रह गरेको  छ । त्यस्तै विज्ञप्तिमा आजको विरोध सरकार विरुद्ध हुने आन्दोलनको प्रारम्भ भएको जिकिर गर्दै आजको प्रदर्शनपछि सरकारविरुद्ध काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी भएको बताउनुभएको छ।