बिहिबार, चैत्र १५, २०८०

उपत्यकाका ३४८ सहित थप ८ सय ३० जनामा कोभिड संक्रमण, जनाको निधन

काठमाडौं मंसिर २८,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न पयोगशालामा हजार १८१ जनाको पीसीआर परिक्षणको क्रममा थप ८ सय ३० जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४८हजार ४२३ पुगेको छ । त्यस्तै कुल संक्रमित मध्ये सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले देशभरबाट थप १ हजार ५ सय जना कोभिड संक्रमणमुक्त हुँदै डिस्चार्ज भएसंगै कोभिडमुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको जानकारी दिएकोछ ।

त्यस्तैगरि संक्रमणबाट थप ९ जनाको निधन भएसंगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८पुगेको मन्त्रालयले जनाएको छ । यसैवीच आज पहिचान भएका संक्रमित मध्ये काठमाडौ उपत्यकाका ३४८ जना रहेको र यसमध्ये काठमाडौमा २५८ ललितपुरमा ६५ र भक्तपुरका २५ जना रहेको जानकारी दिएको छ ।