बुधबार, बैशाख १२, २०८१

मंसिर २९ गते देशैभर ओली सरकारको सर्वसत्तावादको विरोधमा नारा घन्कीने

काठमाडौं मंसिर २७  ,

नेपाली कांग्रेसले गत मंसिर १७ गते तनहुँमा पुल उद्घाटन गर्न गएका पार्टीका वरिष्ठ  नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेपछि सरकारका बिरुद्ध आगामी मंसिर २९ गते गर्ने विरोध प्रदर्शन सहितको  सभाका लागि   केन्द्रीय नेता पठाउने  भएकोछ ।

बढ्दो कोभिड संक्रमणको  समयमा  पनि भ्रष्टाचारले प्रशय पाएको  त्यस्ते  सरकारले सर्वसत्तावादको बाटो पकडेको  र कोभिड  कोभिड  रोकथाममा  सरकार  उदासिन भएको    कारण  व्यवस्था माथिनै  यो वा त्यो कोणबाट  पहार शुरु भएको     भन्दै बिरोध प्रदर्शनको व्यवस्थित तयारी गरेको हो ।

यस क्रममा  काँग्रेसले  पार्टीका  शीर्ष नेता र केन्द्रीय सदस्यलाई देशका मुख्य सहरका प्रदर्शनमा सम्बोधन गर्न खटाएको छ । त्यस्तै प्रदर्शनको क्रममा  संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा र केपी  ओली नेतृत्वको सरकारको सर्वसत्तावादको विरोधमा नारा लगाउन निर्देशन समेत  दिएको छ ।

त्यस्तै संवोधनका लागि सभापति शेरबहादुर देउवा हेटौंडा, रामचन्द्र पौडेल काठमाडौं, उपसभपाति विमलेन्द्र निधी भक्तपुर, महामन्त्री सशांक कोइराला बिराटनगर, कृष्ण सिटौला महोत्तरी र गगन थापालाई धनगढी खटाएको छ । त्यस्तै  गरि    कोषाध्यक्ष सीतादेवी यादवलाई ललितपुर, सहमहामन्त्री डा। प्रकाशशरण महतलाई झापा, गोपालमान श्रेष्ठलाई काभ्रे, प्रकाशमान सिंहलाई जनकपुर, चित्रलेखा यादवलाई राजबिराज, डा। रामशरण महतलाई भरतपुर र अर्जुननरसिंह केसीलाई पोखरामा र  केन्द्रीय सदस्य प्रदीप पौडेल कञ्चनपुर र एनपी सावदलाइ  अछाम  हुने कार्यक्रममा प्रमुख वक्ताको  जिम्मृवारी दिएको  छ ।