बुधबार, बैशाख १२, २०८१

सम्पदा बचाउने विवादरहित योजना लिएर आउन महानगर प्रमुख शाक्यको आव्हान

काठमाडौं मंसिर २६,
आज महानगरको वडा २१ गोफः टोल, माक गल्लीमा रहेको ज्यापू समाजको त्वाः छेँ (सामुदायिक भवन) शिलान्यास गरिएकोछ ।  करीब ६४ लाख रुपैयाँ लागतमा निर्माण हुने सामुदायिक भवनको लागि १५ प्रतिशत खर्च उपभोक्ताका तर्फबाट  र बाँकी महानगरको आर्थिक सहयोग रहने बताईएकोछ ।

त्यस्तै शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले स्वामित्व र उपभोगका लागि विवाद सिर्जना हुने क्रमका कारण सांस्कृतिक संरचनाको मर्मत र पुननिर्माणमा ढिलाइ हुँदे आएको बताउदै सम्पदा बचाउने निर्विवाद योजना लिएर आउन खुल्ला रुपमा आव्हान समेत गर्दै आवश्यक लगानी गर्न महाानगर तयार रहेको बताउनुभयो

त्यस्तै त्यस क्रममा बोल्दै पूर्व राज्यमन्त्री तीर्थराम डंगोलले सबैको मन मिले असम्भव केही नहुने धारणा अभिव्यक्त गर्दै संस्कार, सभ्यता र परम्परा जोगाउने कुरा राजनीतिक मुद्दा नभइ साझा मुद्दा भएको बताउनुभयो । साथै उहाँले महानगरले अहिले गरिरहेको काम तारिफयोग्य रहेको समेत बताउनुभयो

कार्यक्रममा बोल्दे वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्य ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंह लगायतले वोल्नुभएको थियो