बुधबार, बैशाख १२, २०८१

प्रम ओलीसंग भेटवार्ताका लागि भाजपाका विदेश मामिला प्रमुख चौथीवाल नेपालमा

काठमाडौ मंसिर २५,
सत्तारुढ भारतीय जनता पार्टीका नेता तथा भाजपाका विदेश मामिला प्रमुख विजय चौथीवाल नेपाल भ्रमणमा आएका छन् । काठमाडौं आउने बित्तिकै चौथीवालले प्रधानमन्त्री केपी ओली र नेकपा महासचिव विष्णु पौडेलसँग भेटवार्ता गरेको सामाजिक सञ्जाल ट्विटरमामा उल्लेख गरेका छन् ।

नेपाल भारतका बिचमा लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा विवाद भएपछि गत वर्षदेखि संवादमा विरम लाग्दै आएको थियो। भारतले एकतर्फी रुपमा नेपालको भूमि समावेश गरेर नक्सा जारी गरेपछि सुरु भएको विवादमा नेपालले पनि नक्सा प्रकाशित गरेर जवाफ दिएको थियो। त्यसलगत्तै लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा विवाद भएपछि जारी संवाद हिनताको श्रृखलाले थप प्रशय पाएको अवस्थामा पछिल्लो समय जारी संवादहिनतालाइ तोड्दै भारतीय पक्षको भ्रमण बाक्लिँदै आएको अवस्था  रहेको छ ।

यसअघि विदेशसचिव हर्षवर्धन त्यत्यस्तै भारतीय गुप्तचर संस्थाका रअका प्रमुख सामन्त गोयलले नेपाल भ्रमण गरेका थिए । उनीलगत्तै सेनाप्रमुख मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए ।

यसैवीच प्राप्त जानकारी अनुसार पुस पहिलो साता परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सहभागि हुन नेपालबाट परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली भारत जाँदैछन् । पज्ञवालीको भारत भ्रमणको क्रममा ज्ञवालीले राष्ट्रपति, प्रधानमन्त्री, विदेश मामिला मन्त्री लगायतका उच्च तहका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताईएको छ