शुक्रबार, चैत्र १६, २०८०

प्रेस पास र अलाइन नवीकरण अब जिल्ला हुलाकबाटै

काठमाडौ मंसिर २४,

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले [मन्त्रिस्तरीय निर्णयमार्फत] ७७ वटै जिल्लामा रहेका हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्न सकिने व्यवस्था गरेको छ ।

छापा खाना तथा प्रकाशन सम्बन्धी नियमावली २०४९ को नियम ९ र ११ त्यस्तै अनलाइन सञ्चारमाध्यम निर्देशिका  २०७३ को दफा ६ को उपदफा १ मा रहेको मौजुदा व्यवस्थालाइ २०७७ ८ २२ को को मन्त्रीस्तरिय निर्णय अनुरुप जिल्ला हुलाक कार्यालयलाइ प्रत्यायोजित गर्दै  देशभर कार्यरत सञ्चारकर्मीहरूको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयहरूबाटै हुने व्यवस्था कार्यान्वयन गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पार्वत गुरुङलेकेन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको जानकारी दिदै प्रेस पास लिन काठमाडौँ नै धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै सम्बन्धित जिल्लाबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको बताउनुभयो ।

सम्बन्धित जिल्लाका हुलाक कार्यालयबाट प्रेस पास नवीकरण हुने व्यवस्था सँगसँगै नयाँ परिचयपत्र लिने पत्रकारका लागि पनि आवश्यक कागजपत्र सम्बन्धित जिल्लामा पेश गर्न सकिने भएको छ ।