शुक्रबार, बैशाख ७, २०८१

कोभिड कहरको चुनौती सम्बोधनका लागि सार्क’ मुलुकबीच सामूूहिक प्रयास आवश्यक: प्रम ओली

काठमाडौं मंसिर २४,
सार्कको ३६ औँ बडापत्र दिवस ‘चार्टर डे’ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपी ओलीले कोभिड महामारीबाट बाहिर निस्कन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ मुलुकबीच सामूूहिक प्रयासको आवश्यकता रहेको बताउनुभएको छ।

त्यस्तै प्रम ओलीले शुभकामना व्यक्त गर्ने क्रममा कोभिड कहरकावीच अभूतपूर्व चुनौती सिर्जना भएकाृ जनाउ दिदै यसको लागि सार्क सदस्य मुलुकबीच थप ठोस प्रयास, सहकार्य र आपसी सहयोगको  आवश्यकता औल्याउँदै सार्क मुलुकको सन्दर्भमा राजनीतिक इच्छाशक्ति र प्रतिबद्धताका साथ ठोस कार्यसँगै अगाडि बढ्ने समय आइसकेको समेत प्रस्ट पार्न भएको छ।

साथै उहााले आफ्नो शुभकामना अभिव्यक्तिमा सार्क क्षेत्रको गरिबी उन्मूलन, तीव्र आर्थिक वृद्धि र सामाजिक–सांस्कृतिक विकासको प्रगतिको माध्यमबाट स्थायित्व र समृद्धि प्रवर्द्धन गर्न जोड दिनुभएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930