बिहिबार, चैत्र १५, २०८०

मनकामना मन्दिर र केवुलकार मंसिर २८ देखि खुल्ने

काठमाडौं मंसिर २३ ,
बढ्दो कोभिड संक्रणको जोखिम रबन्दाबन्दी आदेशका कारण विगत ९ महिना यतादेखि बन्द रहेको मनकामना मन्दिर आगामी मंसिर २८ देखि खुल्ने भएको छ । मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र मन्दिरसम्म पुग्ने केवुलकार सञ्चालन गर्ने निर्णय गरेको हो ।

तर न्दिर दर्शनका लागि भक्तजनहरु लाइनमा बस्दा ३ फिटको भौतिक दुरी कायम गर्नुपर्ने छ । मास्क अनिवार्य गरिएको मनकामना मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । त्यस्तै समितिको तर्फबाट मन्दिर र केवुलकार सञ्चालनका लागि समन्वय गरिदिन जिल्ला स्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाइ पत्राचार गर्ने तयारी भइरहेको बताईएकोछ ।

त्यस्तै यसअघि केवुलकारमा ६ जना यात्रु हुन्थे तर अब ३ जना मात्र राख्ने व्यवस्था सहित आवश्यक तयारी गरिएको त्यस्तै दर्शनार्थीलाइ स्वास्थ्य सर्तकता अपनाउन सवै प्रयास गरिइको बताईएकोछ ।