बिहिबार, बैशाख १३, २०८१

सार्वजनिक सेवाको मर्म विपरीत र सरकार नियन्त्रित विधेयक अस्वीकार्य : महासंघ

काठमाडौं मंसिर २३,
सरकारले राष्ट्रिय सभामा दर्ता गरेको ‘सार्वजनिक सेवाप्रशारण विधेयक,बारे नेपाल पत्रकार महासंघले आज सरोकारवालासंग अन्तक्र्रियाको आयोजना गरेको छ । विधेयकमा महासंघले यसअघि आफ्नो राय तथा सुझाव सरकारलाई पेश गरेको भएतापनि त्यस विपरित विधेयक ल्याइएको भन्दै महासंघले त्यसलाई सच्याउन दवाब दिदै उक्त कार्यक्रमको आयोजना गरेको हो ।

अन्तक्र्रियामा सहभागि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले ‘सार्वजनिक सेवाप्रशारण विधेयक, सञ्चारमाध्यमको हितविपरित रहेका दफाहरुलाई सच्याउन सकिने बताउदै ‘सार्वजनिक सेवा प्रशारण सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र यसको सिद्धान्त अनुसार निर्माण गर्न सकिने भन्दै त्यसको अगुवाइगर्न महासंघलाई आग्रह गर्नु भयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सरकारले ‘सार्वजनिक सेवा प्रशारण विधेयक, सार्वजनिक सेवाको मर्म विपरीत सरकार नियन्त्रित ढंगबाट ल्याइएका कारण यसको विरोध गर्नुपरेको बताउँदै महासंघले दिएको सुझाव भन्दा निरंकुस फरक शैलीमा विधेयक ल्याएको बताउनुभयो ।
त्यस्तैे महासंघका पूर्व सभापति डा।सुरेश आचार्यले सरकाले नियन्त्रणमुखी विधेयक ल्याएका कारण ‘सार्वजनिक सेवा प्रशारणको सिद्धान्त विपरित ल्याइएको प्रस्तुत विधेयकको खारेजीको विकल्प नरहेको बताउनुभयो ।

महासंघका महासचिव रमेश विष्टले सरकारले सञ्चारमाध्यमलाई नियन्त्रण ढंगबाट यो विधेयक निर्माण गरिएको बताउनुभयो भने महासंघका पूर्व उपाध्यक्ष अनिता बिन्दुले विधेयक जनताप्रति उत्तरदायी हुनुपर्नेमा त्यो नभएको बताउनुभयो । उहाँले यसको परिषद र समितिनि र्माणमा समावेशीकरणलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रेस यूनियनका उपाध्यक्ष इश्वरी ओझा ,स्वतन्त्र पत्रकार रघु मैनाली , लक्ष्मण हुमागाइ प्रेस काउन्सिल नेपालका उपप्रशासकिय अधिकृत रामशरण बोहोरा लागयतले प्रस्तुत विधेयकका विषयमा आ-आफ्नो अभिमत प्रस्तुत गर्नु भएको थियो ।