शुक्रबार, बैशाख ७, २०८१

उपत्यकाका ५९४ सहित देशभर थपिए १३८२ जना कोभिड संक्रमण, २३को मृत्यु

काठमाडौ मंसिर २३ ,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ९४७ जनाको पीसीआर परीक्षणको क्रममा देशभर थप १३८२ जनामा कोभिड संक्रमण देखिएको छ । यसमध्ये काठमाडौँ उपत्यकाका ५९४ जना संक्रमित रहेको जनाउदै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको जनाएको छ ।  त्यस्तै कुल संक्रमित मध्ये सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले थप १६२१ जना कोभिड संक्रमणमुक्त हुँदै डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको सख्या २ लाख २९ हजार ५४ पुगेको जनाएको छ ।साथै कोभिड संक्रमणका कारण देशभर थप २३ जनाको मृत्युभएसंगै संक्रमणबाट निधन हुनेको संख्या १ हजार ६ सय ३७ पुगेको जानकारी दिएको छ ।यस्तै ५२३ जना क्वारेन्टिन र १२ हजार ६८६ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930