शुक्रबार, बैशाख ७, २०८१

रौतहट हत्याकाण्डका फरार प्रतिवादी मो.महताव आलम पक्राउ

रौतहट मंसिर २२,
रौतहट हत्याकाण्डका फरार प्रतिवादी राजपुर नगरपालिकाका ५५ वर्षीय मो.महताव आलमलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाबाट खटिएको प्रहरीले उनलाई रौतहट बौधीमाई नगरपालिका  बड्की बंकुलबाट पक्राउ गरेको प्रहरीले जाएको छ ।

प्रहरीका अनुसार २०६४ चैत २८ गते भएको संविधान सभाको चुनावलाई लक्षित गरी धाँधली गरी जित्नका लागि चैत २७ गते साँझ साविक राजपुर फरदहवा गाविस शेख इद्रिशको गोठ घरमा विष्फोटक पदार्थ स्टोर गरी बम बनाउने क्रममा बम विष्फोटमा परि मृत्यु भएका र घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकै रहेको इँटाभट्टामा लगि जलाईएको घटनामा संलग्न रही आलम फरार रहेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा महतावले आफ्नो दाइ मो अफताव आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विष्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसहरुलाई ट्याक्टरमा राखि इँटाभट्टामा जलाएको स्वीकार गरेको खुल्न आएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930