शुक्रबार, बैशाख ७, २०८१

कोभिड कहरको सन्त्रास: पशुपतिमा आसन्न बाला चतुर्दशीपर्व पूर्वको दीपदान गर्न नपाइने

[फाइल फोटो]

काठमाडौ मंसिर २२,
पशुपति क्षेत्र विकास कोषले आसन्न मंसिर २७ र २८ गते मनाइने बालाचतुर्दशी पर्वको पूर्व सन्ध्यामा अर्थात कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान गर्ने कार्यमा रोक लगाउनुको अलावा पशुपति क्षेत्रमा लाग्ने मेला समेत स्थगन गरेको  छ ।

सो दिन रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने परम्परा रहिआएको छ । तर यसपटक कोभिड महामारीका कारण दिपदानको क्रममा हुन सक्ने भिडभाडका कारण संक्रमण फैलन सक्ने संभावालाइ दृष्टिगत गर्दै दिपदानको कार्यलाइ रोक लगाएको कोषले जनाएको छ ।

यद्यपी बालाचतुर्दशीका दिन भने भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर शतबीज छर्न सकिने कोषले जनाएको छ । त्यस्तै आगामी पुस १गतेबाट भक्तजनको दर्शनका लागि खुला गर्न लागेको पशुपति नाथ मन्दिरमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर भक्तजनलाई प्रवेश दिइने कोषले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930