शुक्रबार, चैत्र १६, २०८०

नेकपाका अध्यक्षद्दयको विवाद पार्टी अध्यक्ष र उपाध्यक्षका प्रेस सल्लाहकारमा पनि सर्यो

    ओली र गौतमका प्रेस सल्लाहकारवीच आरोप प्रत्यारोप,                                                                सूर्य थापाको पेशा नै दलाली र चाकडी गर्ने हो :सुवेदी

काठमाडौ मंसिर २१,
सत्तारुढदल नेकपाभित्र मौलाएको पछिल्लो विवाद थप उग्र बन्दै गएको छ । यहाँसम्मकी आज बसेको स्थायी कमिटीको बैठकमा कार्यकारी अध्यक्ष पचण्डको प्रस्ताव फिर्ता नभएसम्म कुनै पनि बैठकमा आफु उपस्थित नहुने प्रम ओलीले अर्को पत्र लेख्दै गर्दा एक अध्यक्षले अर्को अध्यक्षको अस्तित्वलाइ स्वीकार गर्न नसकेको अवस्था सतहमै देखिएको छ ।

त्यस्तै अध्यक्षद्दयवीचको विवाद पछिल्लो समय अध्यक्षद्दयवीचमात्र सिमित नभइ प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र उपाध्यक्ष बामदेव गौतमवीच पनि चर्किएको हो । तर उहाँहरुको विवादका सूत्रधार प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्ष ओलीलाइ सहयोग नगरेकै कारण र शनिवारको सचिवालय बैठकमा उपाध्यक्ष गौतमले पम ओलीको प्रेस सल्लाहकार थापाले पार्टीलाई बदनाम गरेको भन्दै सल्लाहकारवाट हटाउन प्रस्ताव गरेसंगै सल्लाहकार थापाले पार्टीका उपाध्यक्ष वामदेव गौतमविरुद्ध आज बिहान सामाजिक सञ्जालमा डोरी नाघेर बाटो काट्दै गरेको पूरानो तस्बिर राख्दै ’को कस्तो ? तस्बिर काफी छ भन्दै फेसबुकमा पोष्ट गरे पछि विवाद थप सतहमा आएको हो ।


थापाले फोटो पोष्ट गरे लगत्तै बामदेव गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले पनि सूर्य थापाका विरुद्धको सामाग्री फेसवुकमा पोष्ट गरेका छन । उनले सूर्य थापाको काम नै दलाली चाकडी र अर्काको हुर्मत लिने भएको उल्लेख गर्दै नेतालाई गाली गलौज गर्ने थापालाई कारवाही गर्न पनि माग गरेका छन ।