शुक्रबार, बैशाख १४, २०८१

उपत्यकाका थप ४८४ जना सहित १ हजार ९६ जनामा कोभिड संक्रमण, १७ को मृत्यु

काठमाडौं मंसिर २१,
नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९५ जनाको पीसीआर परीक्षण गरिएकोमा थप १ हजार ९६ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

यो संगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको र यसमध्ये १३ हजार ५ सय ८२ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै देशभर थप १७ सय ५२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमणमुक्त हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १७ जनाको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ९४ पुगेको छ भने काठमाडौ उपत्यकामा थप ४८४ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँमा ३५१ ललितपुरमा ७४ र भक्तपुरका ५९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।