शनिबार, बैशाख ८, २०८१

सकियो सचिवालय बैठक, दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौं मंसिर २०,
गत मंगलबारको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली अनुपस्थित भएका कारण आजसम्मका लागि स्थगित गरिएको सचिवालय बैठक आज बस्दै छ । बैठक अघि प्रचण्ड र केपी ओलीबीच २५ मिनेटको सम्वाद भएसंगै प्रमको सरकारी निवास बालुवाटारमा पार्टी सचिवालयको बैठक सुरु भएको हो ।  बैठकमा सहभागी हुन इन्कार गरिरहेको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली त्यसपछि सहभागी भएको हो ।

३ घण्टादेखि बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सकिएको छ । आजको बैठकमा अध्यक्षद्वयले पेश गरेका राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा सदस्यहरुले राजनीतिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखेका थिए । श्रेष्ठका अनुसार आजको सचिवालय बैठकले पूर्वनिर्धारित मंसिर २१ गते १ बजे पार्टीको केन्द्रीय कार्यालयमा स्थायी कमिटीको बैठक बसेर पार्टीभित्रको संकट समाधानका विषयमा छलफल हुने निर्णय भएको जानकारी दिनुभएकोछ  ।