बिहिबार, बैशाख ६, २०८१

उपत्यकाका थप ४६० सहित देशभर १ हजार २४ जनामा कोभिड संक्रमण ,१० जनाको मृत्यु

काठमाडौं मंसिर २० ,
पछिल्लो २४ घण्टामा देशभरका विभिन प्रयोगशालामा ६ हजार ७४ पीसीआर परीक्षणको क्रममा थप १ हजार २४ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोभिड संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार २५५ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तैगरि २ हजार २०६ जना कोभिड संक्रमित उपचार पछि डिस्चार्ज भएसंगै निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ भने संक्रमणबाट १० जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको मन्त्रालयले जनाएको छ ।

साथै काठमाडौं उपत्यकामा भने शनिवार थप ४६० जनामा कोभिड संक्रमण देखिएको छ । जसमा २०४ जना महिला र २५६ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।