शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका ६०६ सहित देशभर थपिए १२ सय ७२ जना कोभिड संक्रमण, थप १६ को मृत्यु

काठमाडौं मंसिर १९,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ८ हजार ३१ जनाको पीसीआर परीक्षणको क्रममा थप १२ सय ७२ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । त्यस्तै गरि देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

त्यसैगरी देशभर थप १५ सय ७५ जना संक्रमित उपचार पछि डिस्चार्ज भएसंगै कोभिडमुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ भने कोभिड संक्रमणबाट थप १६ जनाको मृत्युभएको छ नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैवीच काठमाडौ उपत्यकामा थप ६०६ जनामा कोभिड संक्रमण पुष्टिभएको छ । मन्त्रालयका अनुसार यसमध्ये काठमाडौमा ४४० ललितपुरमा १२५ र भक्तपुरमा ४१ जना रहेको जनाएकोछ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ३२८ र भेन्टीलेटरमा ५४ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।