शुक्रबार, चैत्र १६, २०८०

कांग्रेस नेता पौडेलले गरे तनहुँको बुल्दी खोलामाथिको पुलको शुभारम्भ

काठमाडौ मंसिर १८,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको बुल्दी खोलामाथिको पुल आज उद्घाटन गरेका छन् । बुधवार पुल उद्घाटनको विषयलाइ लिएर नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएसंगै मुलकको राजििनती वृतमा नयाँ तरंग सिर्जना भएको थियो ।

बुधवार पौडेलले पुल उद्घाटन गर्न खोजेपछि सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसका कार्यकर्ताबीच झडपको संभावना रहेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । तर, निषेधाज्ञाकै बीच पौडेल पुल उदघाटन गर्न जान खोजेपछि प्रहरीले नेता पक्राउ गरेको थियो । पौडेल पक्राउ पछि प्रतिपक्षीदल कांग्रेस र सत्तारुढदल वीचको सम्बधमा दरार सिर्जना भएको थियो ।