शुक्रबार, चैत्र १६, २०८०

काँग्रेसले नेता पौडेल पक्राउ प्रकरण विरुद्ध देशव्यापी आन्दोलन गर्ने

 काठमाडौ मंसिर १८,
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज गृह जिल्ला तनहुँको बुल्दी खोला पुल उद्घाटन गर्ने भएकोछ । बुधवार पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यद्यपी विवादका कारण रोकिएको उद्घाटनको कार्यक्रम आज काँग्रेस नेता पौडललेनै गर्ने तनहुँ कांग्रेसले जनाएको हो ।

पौडेलले पुल उद्घाटन गर्न खोजेपछि सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसका कार्यकर्ताबीच झडप हुनसक्ने भन्दै तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । तर, निषेधाज्ञाकै बीच पौडेल पुल उदघाटन खोज्दा प्रहरीले नेता पौडेललाइ नियन्त्रणमा लिएको हो ।

त्यसलगत्तै काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी तत्काल रिहाइ गर्न माग गर्नुको अलावा विज्ञप्ति जारी गर्दै नेता पौडेल पक्राउ प्रकरण विरुद्ध देशव्यापी विरोध कार्यक्रम चर्काउने चेतावनी दिएका छन । त्यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नेता पौडेललाइ पक्राउ गर्दै आफ्नो पतनको लागि मार्ग प्रशस्त गरेको अभिव्यक्ति दिएका छन ।

यसैवीच सहमति भइसकेको विषयमा सरकारले संभावित झडपको निहुँमा निषेधाज्ञा जारी गर्दै काँग्रेस नेता पौडेललाइ पक्राउ गर्नु नियोजित षडयन्त्र गरेको तनहुँ काग्रेसले जनाएको छ