शनिबार, बैशाख ८, २०८१

उपत्यकाका थप ७२३ सहित सय ९० जनामा कोभिड संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौ मंसिर १७,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ३ सय जनाको पीसीआर नमुना गरिएको क्रममा थप १४ सय ९० जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसैगरी देशभर थप १५ सय ६७ जना संक्रमित संक्रमण मुक्त हुँदै डिस्चार्जभएसंगै नेपालमा संक्रमण मसक्त हुनको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालयले कोभिड संक्रमणबाट थप ९ जनाको मृत्युभएसंगै संक्रमणबाट निधन हुनेको संख्या १ हजार ५ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ । यसैवीच आज पहिचान भएका संक्रमित मध्ये काठमाडौ उपत्यकाका थप ७२३ जना रहेको र यसमध्ये काठमाडौमा ५३१ ललितपुरमा १३४ र भक्तपुरका ५८ जना रहेको मन्त्रालयले जनाएको छ ।