शुक्रबार, चैत्र १६, २०८०

बुधवार कतारी ओलम्पिक कमिटी महासचिव नेपाल आउँदै

काठमाडौं मंसिर १६,

कतारी ओलम्पिक कमिटी प्रतिनिधि मण्डलको प्रतिनिधीत्व गर्दै कतारी ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जे ए अल्बुनइन बुधबार एक दिने भ्रमणको लागि काठमाडों आउने भएको छ ।

कतारको राजधानी दोहाले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि आफ्नो दावेदारी पेस गर्दैछ । यसमा नेपालको सहयोग र समर्थनका लागि औपचारिक अनुरोध गर्न कतारी प्रतिनिधि मण्डल नेपाल आउन लागेको हो ।

भ्रमणको क्रममा नेपाली ओलम्पिक कमिटीका पदाधिकारीसँग भेट गर्नेछ । प्रतिनिधि मण्डलले ललितपुरस्थिति सातदोबाटोमा रहेको नेपाल ओलम्पिक कमिटीको कार्यालयको भ्रमण संगै भ्रमण टोली बिहीबारनै स्वदेश फर्कने कार्यक्रम रहेको बताईएकोछ।