शुक्रबार, चैत्र १६, २०८०

बाल यौन तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा फ्रेन्च नागरिक पक्राउ

कास्की मंसिर १६,
बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा फ्रेन्च नागरिक Christian, Serge, Henri Nougaret लाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका९६ खहरे बस्ने फ्रेन्च नागरिक Nougaret को  राहदानी नम्बर १२ ए एक्स २६६६७९ रहेको जनाउदै निजले पोखरा महानगरपालिका९१७ बिरौता पावरहाउस फुस्रेखोला बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी ३ जना नाबालकउपर बाल यौन शोषण गरेको  जनाएको छ

त्यस्तै  निजले बाल यौन दुरुपयोगरशोषण कार्य गर्दै आएको भन्ने सूचनाको आधारमा पेशाले कम्प्युटर ईन्जिनियर रहेका उनी ‘नन टुरिष्ट भिसा’मा नेपालमा बसोबास गरिरहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

साथै निजलाइ बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धानका लागि  गरी कारवाही प्रकृया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाइ बुझाउनुको अलावा पीडित ३ जना नाबालकलाई उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको ब्यूरोले जनाएको छ ।