बिहिबार, चैत्र १५, २०८०

उपत्यकाका ५३० सहित देशभर थप १३ सय ४ जनामा कोभिड संक्रमण, २१ को मृत्यु

काठमाडौ मंसिर १६,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ५ सय ८३जनाको पीसीआर परक्षणको क्रममा थप १३ सय ४ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । त्यसमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी थप २ हजार ७३ जना संक्रमिणत उपचार पछि डिस्चार्जभएसंगै कोभिडमुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको जनाउदै मन्त्रालयले आजको कोभिड अपडेटमा संक्रमणबाट थप २१ जनाको मृत्यु भएको जनाएको छ । यो संगै नेपालमा कोभिडबाट मृत्यु हुनेको सख्या १ हजार ५ सय २९ पुगेको जनाएको छ ।

त्यस्तै आज पहिचान भएका कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकामा थप ५३० जनामा संक्रमण पुष्टि भएको र यसमध्ये काठमाडौमा ४०९, ललितपुरमा ८५ र भक्तपुरका ३६ जना रहेको जनाएको छ। साथै देशभरका कोभिड अस्पतालका आइसीयूमा ३७० र भेन्टीलेटरमा ६३ जना संक्रमित उपचाररत छन् ।