बुधबार, बैशाख १२, २०८१

शिक्षा आयोगको प्रतिवेदन : १० वर्ष भित्रमा सबै निजी विद्यालयहरु सार्वजनिक गुठीमा बदल्नुपर्ने

काठमाडौं मंसिर १९,
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरुले आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेका छन् । यसअघि आयोगले २०७५ सालमा सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर सरकारले उक्त प्रतिवेदन बुझाएको २ वर्ष भइसक्दा पनि प्रतिवेदन सार्वजनिक नगरेपछि आयोगका सदस्यहरुले आज स्वतस्फुर्त रुपमा सरकारलाइ चुनौती दिदै सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा निजी विद्यालयले लिने शुल्क, शिक्षकलाई दिने तलब र उनहरुको हिसाब नियमन हुनुपर्ने, नाफारहित हुनुपर्ने र १० वर्ष भित्रमा सबै निजी विद्यालयहरु सार्वजनिक गुठीमा बदल्नुपर्ने त्यस्तै प्रधानमन्त्री तथा शिक्षामन्त्री पदाधिकारी हुने प्रणालीको अन्त्य हुनुपर्ने , हरेक विद्यालय व्यवसायीक हुनुपर्ने , समाजका राम्रा व्यक्तिहरु शिक्षण पेशामा आउन भन्नका लागि अन्य सरकारी कर्मचारीको भन्दा १० प्रतिशत ज्यादा तलब हुनुपर्ने लगायतका विषयहरु उल्लेख रहेका छन । प्राध्यापक डा.विद्यानाथ कोइराला लगायतले प्रतिवेदनको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930