शुक्रबार, बैशाख १४, २०८१

ल्हासा नगरबाट काठमाडौं महानगरलाई २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार प्राप्त

काठमाडौं मंसिर २२ ,
चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको भगिनी सहर ल्हासाबाट काठमाडौं महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक उपहार प्राप्त भएको छ । ल्हासा नगरले काठमाडौंको वातारण सफा र स्बच्छ होस् । सरसफाइ राम्रो होस् भन्ने चाहन्छौं । त्यसैले २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार दिएको हो ।

कम्प्रेस्ड गारवेज ट्रकको मुख्य विशेषता भनेको ७ हजार २०५ किलोग्राम फोहोर कम्प्रेस गरेर बोक्नु रहेको छ । त्यस्तै १९० हर्ज पावरको इञ्जिन भएको यो ट्रक ८ गेयरमा चल्छ ।संकलित फोहोरलाई पछाडिको बकेटमा राखेपछि मेसिनले फोहोरलाई विस्तारै उचाल्न थाल्छ । त्यसपछि कम्प्रेस्ड मेसिनबाट फोहोर खाँदिदै क्षमता पूरा भएपछि आफैं आवाज दिनु रहको छ ।

ट्रक प्राप्त भएपछि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, काठमाडौं महानगर र काठमाडौं महानगरबासीकातर्फबाट ल्हासा नगर र त्यहाँका जनताप्रति आभार व्यक्त गर्दै ‘२०७६ सालको इन्द्रजात्रा अवलोकनका लागि काठमाडौं आउनुभएका ल्हासा नगरका मेयर गुहेओ गुहेओ त्यससमयमा नै काठमाडौंको सरसफाइका लागि कम्प्रेस्ड गारवेज ट्रक दिने बताउनुभए अनरुप उहाँले २ थान उपहार पठाउनुभएको बताउनुभएको छ ।

ट्रकको मूल्य १० लाख ६० हजार युआन (करीब १ करोड ९० लाख रुपैयाँ) हो । ल्हासाबाट पैदल मार्गबाट ल्याइएका ट्रकहरु मंसिर १४ गते साँझ खासा मितेरी पुल ल्याइपु¥याइएको थियो । १५ गते ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका अधिकारीहरुले काठमाडौं महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयलाई हस्तान्तरण गरेको हो ।

त्यस्तै आइतवार अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले मेयर शाक्यलाई हस्तान्तरण गरिएको ट्रकको साँचो त्यसअवसरमा महानगरका प्रमुख शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो ।