शुक्रबार, चैत्र १६, २०८०

पत्रकार भट्टराईलाइ पितृ शोक

काठमाडौं मसिर १६,
नेपाल पत्रकार महासङघ उपत्यका प्रदेश समिति सदस्य केदार भट्टराईलाइ पितृ शोक परेको छ । पत्रकार भट्टराईका ८५ वर्षिय पुजनीय पिताजी शिव बहादुर भट्टराई खत्रीको आइतवार आफ्नै निवासमा निधन भएको हो ।

हल्का फुल्का स्वास्थ्यमा समस्या देखिएसंगै उपचारका लागि अस्पताल भर्ना गरिएका भट्टराईको स्वास्थ्य अवस्थामा सुधार नभएपछि आफ्नै निवासमा उपचार सहितको रेखदेख गर्दै गर्दाको अवस्थामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

पत्रकार भट्टराईलाइ परेको पितृ शोकको यस दुखद घडिमा मृत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली सहित यस  www.kantipurhotline.com को तर्फबाट शोकसन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गर्दछौं।