शनिबार, बैशाख ८, २०८१

नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी संगै सरकार र प्रतिपक्ष दलवीचको सम्बन्धमा दरार

काँग्रेस सभापति देउवाले भने -सरकारको रवैया सर्वसत्तावादको संकेत

काठमाडौ मंसिर १७,
गृह जिल्ला तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चर्को विरोध जनाएको छ ।पार्टी सभापति शेरबहादुर देउवाले नेता पौडेलको गिरफ्तारीसंगै विज्ञप्ति जारी गर्दै नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोप लगाउनुभएको छ ।

त्यस्तै विज्ञप्तिमा घटना आपत्तिजनक एवं निन्दनीय भएको भन्दै सरकारको यो प्रवृत्तिविरुद्ध देशव्यापी विरोध हुने चेतावनी दिदै सभापति देउवाले नेता पौडेललाइ तत्काल रिहा नगरे यसबाट सिर्जित हने परिस्थितिको सामना गर्न सरकारलाई तयार भएर बस्न चेतावनीसमेत दिएका छन् ।

तत्कालीन कांग्रेस सरकारको कार्यकालमा निर्माण सम्पन्न भएको पुल बुधबार स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर उद्घाटनका लागि नेता पौडेललाए गृह जिल्ला बोलाएका थिए । तर व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जबरजस्ती पक्राय गरेसंगै सत्तारुढ र प्रतिपक्षीदल वीचको सम्बन्धमा दरार सिर्जना भएको छ।