मङ्लबार, बैशाख ४, २०८१

नेकपाको अन्तरसर्घष र तिक्तता सहमति भन्दा पनि विभाजनतर्फ उन्मुख

काठमाडौं मंसिर २८,
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाका स्थायी समिति बैठक नेकपा नेता तथा पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले उनको निधनमा शोक प्रस्ताव गर्दै बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभएको हो ।

यद्यपी नेकपाको स्थायी समितिको बैठकको रुपरेखालाइ नगिचबाट नियाली रहेको साजनैतिक पण्डितहरुले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र चर्किएको अन्तर्संघर्ष विस्तारै विभाजनकै दिशातर्फ उन्मुख भएको बताएकोछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’बीचको बढ्दो तिक्तता अब सहमति भन्दा विभाजन उन्मुख भएको आकंल गरेका छन।

त्यस्तै उनिहरुले यस वीचमा सहमति हुने भएको हो भने सचिवालय बैठकलेनै जारीसमस्यालाइ निकास दिइन्थ्यो । तर आज विवाद बढ्दै स्थायी कमिटीमा पुुगेको अवस्थालाइ दृष्टिगत गर्ने हो भने पनि नेकपाको विभाजन निश्चित प्राय रहेको दावी गरेका छन ।