बिहिबार, बैशाख १३, २०८१

उपत्यकाका ५४८ जना सहित देशभर १२सय ५५ संक्रमित थपिए, २५को मृत्यु

काठमाडौं मंसिर १४,
नेपालमा पछिल्लो २४ घण्टामा देशभरका विभिन प्रयोगशालामा ८ हजार ८ जनाको पीसीआर परीक्षणको क्रममा थप १ हजार २५५ जना कोभिड सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ३१ हजार ९७८ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक विवरणमा उल्लेख गरेका छन ।

त्यस्तै मन्त्रालयले देशभर १७ हजार ९०९ जनामा ििक्रय सङ्क्रमित रहेको जाउदै पछिल्लो समय देशभर थप १४ सय ४ जना संक्रमित उपचार पछि डिस्चार्ज भएसंगै संख्या २ लाख १२ हजार ५९० संक्रमित संक्रमण मुक्त भएको जनाएको छ ।

त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये काठमाडौ उपत्यकामा थप ५४८ जना कोभिड संक्रमित थपिएको जनाउको छ।यसमध्ये काठमाडौमा ४२२, ललितपुरमा ६१ र भक्तपुरका ६५ जना रहेको जनाएको छ ।  त्यस्तै संक्रमणका कारण थप २५ जनाको निधन भएको छ । हालसम्म नेपालमा संक्रमणबाट निधन हुनेको संख्या १ हजार ४ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।