शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं मंसिर ४,
बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड संक्रमित भइ ग्रान्डी अस्पतालमा उपचारारत रहेका कांग्रेस सांसद मीनबहादुर विश्वकर्माको उपचार खर्च बेहोर्ने भएको छ ।

त्यस्ते बैठकले नेपाली सेनाका सहायकरथी सन्तोषकुमार ढकालसहित ४ जना सेनानीहरुको बढुवा र सरुवासम्बन्धी निर्णय संगै  विभिन्न २५ वटा अत्यावश्यक सेवाहरुमा हड्ताल गर्न नपाइने गृह मन्त्रालयको प्रस्तावलाई स्वीकृत गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको  छ ।  त्यस्तै गरि बैठकले मदन भण्डारी विश्वविद्यालयमा दरबन्दी सिर्जना गर्ने निर्णयसमेत गरेको छ ।