शुक्रबार, चैत्र १६, २०८०

९ महिनापछि पशुपतिनाथ मन्दिर खुला गरिदै

[फाइल फोटो]

काठमाडौं मंसिर १५,
बढ्दो कोभिड महामारीसंगै बन्द भएको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनको दर्शनका लागि खुला गरिने भएको छ । स्वास्थ्य सर्तकता सहित पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

सरकाले कोभिड कहरकावीचनै सार्वजनिक यातायातलगायत अन्य क्षेत्र खुला गरेपनि पशुपतिनाथ मन्दिर लगायतका मठमन्दिर खुला नगर्दा सर्वत्र आलोचना भएसंगै कोषले मन्दिर खुलाउने तयारी गरेको हो । यसवीचमा विश्व हिन्दू महासङ्घलगायत सङ्घसंस्थाले पशुपति मन्दिर खुलाउन माग गर्दै विभिन्न विरोधका कार्यक्रमसमेत सञ्चालन गरिेका थिए ।

मन्दिर बदान्दीको अवस्थामा पशुपतिनाथको नित्यपूजा आरती वाहे भक्तजनले विशेष पूजा र दर्शन गर्न भने पाएका थिएनन् ।