शुक्रबार, चैत्र १६, २०८०

सहमतिमा सचिवालय बैठक बोलाउन ओली अघि सरे, शुक्रबार बैठक बस्ने सहमति

काठमाडौं कार्तिक २७, सत्तारुढदल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबारलाई बैठक बोलाएको हो ।

महासचिव पौडेलले दुवै अध्यक्ष केपी ओली र प्रचण्डसँग बुधवार बेलुका र आज बिहान परामर्श गरेका थिए । छलफलबाटनै सहमतिमै शुक्रबार अपरान्ह  ४ बजेलाई बैठकको समय तय गरिएको बाताइएको छ ।

यसअघि बहुमत सचिवालय सदस्यले आज का लागि बोलाएको बैठकका थिए । मंगलबार अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरुको अनौपचारिक छलफलले बिहीबार बैठक बस्ने निर्णय गरेको थियो ।