शुक्रबार, चैत्र १६, २०८०

मल्टिभिडियो सञ्जाल टिकटकमा प्रधानमन्त्री ओली

 काठमाडौं मंसिर १५,
प्रधानमन्त्री केपी ओलीले समाजिक सञ्जाल टिकटकमा खाता खोलेका छन् । मल्टिभिडियो सञ्जाल टिकटकमा प्रधानमन्त्री ओलीको खाता खोलिएको हो ।केपी शर्मा ओली अफिसियल हुयाण्डलबाट खोलिएको खाता भेरिफाइड पनि भएको छ । टिकटकमा प्रधानमन्त्रीको पहिलो भिडियो पनि राखिएको छ ।

उक्त भिडियोमा उनले भनेका छन्, ‘मालपोत, विद्युत् महसुल, आन्तरिक राजश्व, भन्सार महसुल, सवारी चालक अनुमति पत्र नवीकरणजस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सूचना प्रणालीमा आबद्ध गराउने प्रक्रिया सुरु भइसकेको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाउने गरी कामसमेत अगाडि बढाएको छ ।’