शुक्रबार, चैत्र १६, २०८०

भारतीय सेनाध्यक्ष नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी दिइँदै

काठमाडौं कार्तिक २०,
काठमाडौँ, २० कात्तिक । नेपाली सेनाको निमन्त्रणामा ३ दिने नेपालको औपचारिक भ्रमण आउनुभएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे लाई आज नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी दिइँदै छ । त्यस्तै नरवणेको यो भ्रमणसँगै सीमा विवादका कारण नेपाल र भारतबीच चिसिएको सम्बन्ध सुधारको अपेक्षा दुवै देशले गरेका छन् ।

बुधबार भारतीय वायु सेनाको विमानमार्फत काठमाडौं आएलगत्तै सोल्टी होटल पुगेका उनी धार्मिक भ्रमण गर्नु भएको थियो ।  पत्नी विनासहित  धार्मिक भ्रमणका क्रममा  भारतीय सेनाध्यक्ष नरवणेले  नेपाली ढाका टोपी लगाउनुको अलावा   वसन्तपुरमा देवी कुमारीको दर्शनसमेत गरेका छन् । त्यसलगत्तै उनी पशुपतिनाथको दर्शनका लागि गौशाला पुगेका थिए ।

नरवणेको नेपाल भ्रमणको मुख्य औपचारिक कार्यक्रम अनुरुप आज राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा सो उपाधि प्रदान गर्ने सेनाले जनाएको छ । त्यसलगत्तै उहाँले राष्ट्रपतिसँग शिष्टाचार भेट समेत गर्ने भएको छ ।