बुधबार, बैशाख १२, २०८१

दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सारियो

काठमाडौ मंसिर ३,

नेकपाका सचिवालय बैठकलाइ प्रभावित गर्ने लक्ष्यअनुरुप प्रधानमन्त्री केपी ओलीले आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सार्नु भएको  छ ।  यसअघि पार्टीको सचिवालय बैठकले आजै एक बजे बस्ने पूर्व निधारित समयलाइ प्रभावित बनाउन प्रम ओलीले मप बैठक वोलाएको सम्वद्ध स्रोतले जनाएको छ।

तर नेकपाका अर्का अध्यक्ष प्रचण्डले आजको लागि पूर्व निर्धारित बैठक कुनै पनि हालतमा स्थगन नहुने बताएपछि सचिवालय बैठक कि मन्त्रिपरिषद बैठक भन्न्े अन्यौलताकावीच आज पूर्व निर्धारित समय अनुरुप सचिवालय बैठक बसेको हो ।

बैठक   अघि प्रधानमन्त्री केपी ओलीले   राष्ट्रपति विद्यादेवी भण्डारीसंग शीतल निवासमा  भएको भेटवार्ता पछिनै दिउँसो एक बजे वोलाएको   मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सार्दै सचिवालय बैठकमा उपस्थित हुनु भएको   हो ।