बिहिबार, चैत्र १५, २०८०

कोभिड चक्र तोड्नका लागि उपत्यकामा आसन्न चाडपर्व लगत्तै कडा लकडाउनको तयारी हुँदै

काठमाडौं कार्तिक २७,
उपत्यका लगायत देशभर बढ्दोका कोभिड संक्रमणको रोकथामका लागि आसन्न चाडपर्व लगत्तै पुनः लकडाउनको प्रस्ताव कार्यान्वयन गनुको विकल्प नभएकोमा जनप्रतिनिधी लगायत सरकारका उच्च्अधिकारीले आ-आफ्नो अभिमत राखेका छन ।

दिनानुदिन बढ्दो संक्रमण मुलत काठमाडौं उपत्यका केन्द्रीत भएसंगै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र [सीसीएमसी] निर्देशक समितिका संयोजक उप-प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच बुधबार भएको छलफलमा यो प्रस्ताव टेवल भएको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा भएके छलफलमामध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले कोभिड संक्रमणको चक्र तोड्न प्रभावकारी समन्वय गरी अघि नबढ्ने हो भने  स्थित थप भयाह हुने भन्दै तिहार, छठलगायतका पर्व सकिएपछि कडा खालको लकडाउन गर्नुपर्नेमा छलफल भएको बताउनुभयो ।

पछिल्लो समय मुलुकभरीको संक्रमण तथ्याङ मध्ये करिब ५३ प्रतिशत उपत्यकामै रहेको भन्दै कोभिड रोकथाम र नियन्त्रणका लागि उपत्यकामा प्रभावकारी कदम चाल्नु पर्ने धारणामाथि घभिुत छलफल भएको उक्त बैठकमा बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।