बिहिबार, चैत्र १५, २०८०

काठमाडौ उपत्यकाका थप १८७८ सहित थप ३ हजार ३ सय ९ जनामा कोभिड संक्रमण , ३० को मृत्यु

काठमाडौं कार्तिक १९,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण्को क्रममा थप ३ हजार ३ सय ९ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ सय पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी देशभर थप ३ हजार ८ सय ४४ जना संक्रमित संक्रमण मुक्तभएसंगै संक्रमण मुक्त हुनेको सख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ भने क्वारेनटिनमा १ हजार ३ सय ५ जना होम आइसोलेसनमा ३० हजार १ सय ३१ जना र संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ८० जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज पहिचान भएक संक्रमित मध्ये काठमाडौ उपत्यकाका थप १ हजार ८७८ जना रहेको र समध्ये काठमाडौमा १ हजार ५७० भक्तपुरमा ११९ र ललितपुररमा १८९ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।  साथै आज देशभर ३० जना कोभिड संक्रमितको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।