शुक्रबार, चैत्र १६, २०८०

आज ३९६ पालिकामा आधारभूत र सात प्रदेशमा ७ सरुवा रोग अस्पतालको शिलान्यास हुँदै

काठमाडौं मंसिर १५,
आज देशभर एकसाथ ३९६ पालिकामा आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४०३ अस्पताल भवनको शिलान्यास हुँदैछ। प्राप्त जानकारी अनुसार आज दिउँसो स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको थाहा भएको छ ।

आगामी २ वर्ष भित्र सवै अस्पतालहरु बनाइ सक्ने सरकारको योजना रहेको छ । यसको लागि चालु आवमा सरकारले ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ बजेट निकासा गरिसकिएको छ । त्यस्तै ५ शैया देखि १५ शैया सम्मको बन्ने अस्पताल मध्ये ५ शैयाको अस्पतालमा १ मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शैयाको अस्पतालमा २ मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी र १५ शैयाको अस्पतालमा ३ मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था हुने बताईएको छ ।